सुर्योदय नगरपालिकाको १४ वटै वडाहरु समेटी "हामी सुर्योदयका युवा "नामक समूह गठन ।

 


इलाम जिल्ला अन्तर्गत सुर्योदय नगरपालिकाको १४ वटै वडाहरु समेटी "हामी सुर्योदयका युवा "नामक युवाहरूको समूह गठन भएको छ। सामाजिक सन्जाल मार्फत अनौपचारिक रुपमा गठन भएको यस समुहलाइ कोरोना महामारीको यो बिकराल अवस्थालाई मध्यनजर गर्दै भर्चुअल बैठक बसि समितीलाई पुर्णतया दिने काम भएको हो। २१ जनाको संचालक समिती रहेको युवा समुहको अध्यक्षमा युवा समाजसेवी चेतन अधिकारी रहेका छन भने समितीभित्र ७ पदाधिकारी सहित २ उपाध्यक्ष, १ सचिव, २ सहसचिव र १ कोषाध्यक्ष रहणे ब्यवस्था गरिएको छ। जस अन्तर्गत उपाध्यक्षमा धड्कन शर्मा, महिला उपाध्यक्षमा प्रिया राई, सचिब भुषित दाहाल, सह सचीव दोय क्रमश बिनिता गजमेर र प्रमोद सापकोटा त्यस्तै कोषाध्यक्षमा अर्चन ढुंगाना रहेका छन।यस्तै गरि ३ सदस्य, संयोजक र सह संयोजक गरि ५ जनाको १२ वटा कमिटीहरु संचालक समितिको माह्ताहतमा रहने गरि गठन गरिएको छ।उक्त कमिटीमा क्रमश शिक्षा तथा तालिम समितिको संयोजकमा सागर ढुंगाना,प्रचारप्रसार समितिको संयोजकमा राजकुमार दहाल, खोज तथा अनुसन्धान समितिको संयोजकमा अर्चन ढुंगाना, खेलकुद बिकास समितिको संयोजकमा बिनिता गजमेर, स्वास्थ समिती संयोजकमा निपेश नेपाल, आर्थिक बिकास समिती संयोजकमा उमेश ढुङ्गेल,युवा सरोकार समिती संयोजकमा भुषित दहाल, कृषि तथा पशु बिकास समिती संयोजकमा लक्षुमण अर्याल, विपत ब्यवस्थापन समिती संयोजकमा सबिन अधिकारी , पर्यटन प्रवर्द्धन समिती संयोजकमा धड्कन शर्मा, पुरातात्त्विक सम्पदा संरक्षण समिती संयोजकमा अमृत कट्वाल,वन वनस्पति संरक्षण समिती संयोजकमा सविन ढुंगाना रहनु भएको छ।समितिलाई पुर्णता दिने उदेश्यले आयोजना गरिएको बैठकमा जुम मार्फत उपस्थिति जनाउन नसकेका सम्पुर्ण युवाहरुको राय सल्लाह सुझावलाई ग्रुप च्याट मार्फत समेटिएको थियो।सबै वडाका करिब ६० जना युवाहरु उपस्थित भएको उक्त बैठकमा अन्य विविध बिषयमा छलफल गरि भावि दिनहरुमा एकताका साथ जुटेर युवाहरुको भुमिकालाई समाज सुधारका पक्षमा लगाउने संकल्प गरिएको छ ।A group of youths has been formed in all 14 wards of Suryodaya Municipality under Ilam District. The group, which has been formed unofficially through social media, has been given a virtual meeting in view of the dire situation of the Corona epidemic. Chetan Adhikari, a young social worker, is the chairman of the 21-member board of directors

Comments